काठमाडौं उपत्यकामा थप ५०७ जनालाई कोरोना
काठमाडौं । काठमार्डौ उपत्यकामा थप ५०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३९३,भक्तपुरमा ३९ र ललितपुरमा ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर १ हजार ५६ काेरोना भाइरस संक्रमित भेटिएका छन् । गौतमका अनुसार ६ हजार २८६ जनाकाे पीसीआर परीक्षण हुँदा १ हजार ५६ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ३० हजार ५३७ जना निको भएका छन् । २४ घण्टामा १४८३ संक्रमित काेराेनामुक्त भएका छन् ।
यस्तै १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६५१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत