गैंडा गणना गर्न गएको आधी घण्टामै बाघको आक्रमण, माउतेको मृत्यु
अ +
अ -
काठमाडौं । बर्दिया ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट माउतेको मृत्यु भएको छ । गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेका गैंडा गणना गर्न गएका माउतेमाथि आधी घण्टामा नै बाघ आक्रमण भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
गुडगवाका अन्दाजी ३५ वर्षका पुलीसराम थारुलाई भुँइमा झरेको अवस्थामा बाघले १५०/२०० मिटर टाढा लगि मारेको प्रहरीले जनाएको छ । माउते हात्तीबाट भुँइमा किन झरेको भन्ने खुलेको छैन।
प्रहरीका अनुसार साँझ पौने ६ बजे गैंडा गन्न गएका माउतेलाई बाघले आक्रमण गरेर मारेकोे भनी सवा ६ बजे खबर प्राप्त भएको थियो ।
खबरप्राप्त भएलगत्तै प्रहरी निरीक्षक कबिराज रोकायको कमाण्डमा ८ जनाको टोली घटनास्थल खटिएको प्रहरीले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत