दुवै डोज कोरोना खोप लगाएको प्रमाण पत्र देखाए मदिरा किन्दा छुट

सांकेतिक तस्बिर ।
कोभिड–१९ महामारीविरुद्ध अहिले विश्वभर खोप अभियान चलिरहेको छ । कतै खोप लगाउन खोज्नेहरुले खोप पाएका छैनन् । कतै नागरिकलाई खोप लगाउन लागि प्रेरित गर्न अनेकन उपाय अपनाइका खबरहरु आइरहेका छन् ।
खोप लगाउनेको संख्या बढाउन स्थानीय प्रशासनले ल्याएका कुनै–कुनै नियम सुन्दैमा अचम्म लाग्दा हुन्छन् । भारत महाराष्ट्रको एक जिल्लामा कोभिड–१९ विरुद्धको खोप खोप लगाउनेलाई मदिरामा १० प्रतिशत छुट दिने निर्णय भएको छ ।
महाराष्ट्रको मन्दसौर जिल्लाको अन्तशुल्क विभागले मंगलबार यस्तो आदेश जारी गरेको हो । भारतीय मिडियामा आएका खबर अनुसार जिल्लाको अन्त शुल्क विभागका अधिकृत अनिल सचानले जारी गरेको उक्त सूचनामा सीतामऊ फाटक, भुनियाखेडी र पुरानो बसपार्क क्षेत्रका मदिरा पसलमा मदिरा खरिद गर्दा १० प्रतिशत छुट हुने भनिएको छ ।
छुट पाउनका लागि ग्राहकले दुवै डोज कोरोना खोप लगाएको प्रमाणपत्र बिक्रेतालाई देखाउनु पर्नेछ । मदिराका उपभोक्तालाई खोप लगाउनका लागि प्रोत्साहित गर्न यो नियम ल्याइएको अन्त शुल्क विभागका अधिकृत अनिले भनेका छन् ।
उक्त नियमको दुरुपयोग नगर्नका लागि सचेत गराइएको छ । मध्ये प्रदेशभर खोप लगाउनेको संख्या ८० प्रतिशत नाघेको भनिएपनि यस मन्दसौर जिल्लामा अहिलेसम्म खोप लगाउनेको संख्या ५० प्रतिशत पनि पुगेको छैन ।
मध्य प्रदेशको खन्डवा जिल्लामा पनि कोभिड–१९ विरुद्धको खोप नलगाउनेलाई मदिरा नबेच्न भन्दै आदेश जारी गरिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत