मायोपिया रोगीका लागि बन्यो स्मार्ट चश्मा, के हो मायोपिया ?
नजिकको दृष्टि कमजोरीको असर मन्द बनाउने स्मार्ट चस्मा
वैज्ञानिकले यस्तो स्मार्ट चस्मा विकसित गरेका छन् कि यसले आँखाको बिमारी मायेपियाको असर कम गर्छ । मायोपिया भएपछि बिरामीले नजिकको दृष्य राम्ररी देख्दैन । जस्तो २ मिटरको दुरीमा रहेको बिरामीले पनि धमिलो देख्दछ । चीनको ग्वानझोउ मेडिकल यूनिभर्सिटीले १६७ बच्चामा चश्मा लगाएर अध्ययन गरेको थियो । बच्चालाई १२ घन्टा सम्म यो चश्मा लगाउनका लागि भनिएको थियो । यसले मायोपियाको असर ६७ प्रतिशत सम्म कम भएको थियो ।
मायोपिया भएपछि के हुन्छ ?
सजिलो भाषामा बुझ्ने हो भने आँखाको आइबल उमेरको साथसाथै चारैतीरको गोलाई बढ्न थाल्छ । मायोपियाको बिरामीको आइबल उमेर बढेसँगै फराकिलो हुन थाल्छ । यसले दृश्य तयार पार्ने रेटिनामा नराम्रो असर पर्न जान्छ । हाल आएर वैज्ञानिकहरुले यसको तथ्य पत्ता लगाएका छन् । उनीहरुले मायोपियाको कारण वंशानुगत गुण हुन सक्ने बताएका छन् ।
केही वैज्ञानिकहरुले यदी घर बाहिर समय नबिताउने हो भने यस्तो हुन सक्ने बताएका छन् । अन्य सिद्धान्तले पनि आँखामा चम्किलो उज्यालो पर्नाले पनि रेटिनाबाट हर्मोन रिलिज हुन सक्छ र आँखामा नराम्रो असर पर्न जान्छ ।
तपाईँको अभिमत