सुरक्षित नदेखिएपछि १० वटा औषधि उत्पादनमा रोक
अ +
अ -
औषधि व्यवस्था विभागले विभिन्न ४ प्रकारका १० वटा औषधि उत्पादनमा रोक लगाएको छ ।
औषधि मुल्याकन समितिबाट प्राप्त रायअनुसार औषधि सल्लाहाकार समितिको बैठकबाट सिफारिस नहुँदासम्म यी औषधि उत्पादन/बिक्रिमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको छ ।
यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।
हेल्थपाटी 
तपाईँको अभिमत