खोप लगाएपछि टेकु अस्पतालका निर्देशक डा. राजभण्डारी : गौरवान्वित भएको ठानेको छु

अ +
अ -
काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाउने पहिलो व्यक्ति भएकोमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले गौरव लागेको बताउनुभएको छ ।
बुधबार खोप अभियान सुरु भएसँगै उहाँले खोप लगाउनुभएको थियो । उहाँसँगै डा. अनुप बास्तोलाले पनि खोप लगाउनु भएको थियो ।
‘मैले गौरवान्वित भएको ठानेको छु । मैले पहिले खोप लगाउनुको कारण छ’, डा. राजभण्डारीले भन्नुभयो, ‘ढुक्क भएर खोप सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नको लागि हो ।’ उहाँले आफूले खोप लगाएपछि सबैमा ‘कन्फिडेन्स’ पनि आएको बताउनु भयो ।
डा. राजभण्डारीका अनुसार बुधबार टेकु परिसरका स्वास्थ्यकर्मी तथा कर्मचारी लगायतलाई खोप दिइनेछ ।
तपाईँको अभिमत