२४ वर्षसम्म एउटै तहमा काम गर्ने नर्स पनि छन्(भिडियो)
सरकारी सेवामा कार्यरत नर्सलाई बढुवा हुनका लागि दुर्गममा काम गरेकै हुनुपर्छ । यस प्रावधानका कारण नर्सहरु अन्ययामा परेको सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल(गोनन)की अध्यक्ष कल्पना श्रेष्ठ बताउनुहुन्छ ।
विशेष गरी संघीयता लागू भएपछि संघ अन्तर्गतका अस्पतालमा काम गर्ने नर्स बढुवा हुनै नपाउने समस्या रहेको श्रेष्ठको भनाइ छ ।
उहाँका अनुसार संघीयस सरकार अन्तर्गत दुर्गम भनेको डडेलधुरा अस्पताल मात्रै छ । त्यहाँ सबै नर्सलाई पलो पुर्याउन समम्भव छैन। यसकारण पनि ऐनमा रहेको उक्त व्यवस्था हटाउनु पर्ने माग नर्सहरुको छ ।
नर्सहरुले वर्षौँसम्म एउटै तहमा बसेर काम गर्न बाध्य भइरहेको हेल्थपाटीसँगको कुराकानीमा श्रेष्ठले सुनाउनुभयो ।
‘१६, १७, २० कुनै–कुनै त २४ वर्षसम्म पनि एउटै तहमा काम गरिरहेको छ’ श्रेष्ठ भन्नुहुन्छ ।
दुर्गममा काम गर्नेलाई २ वर्षमा बढुवा गरिने भए सुगममा काम गर्नेलाई ८ वर्ष १० वर्ष समय राखेर भएपनि स्तरवृद्धि गर्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ।
उहाँका अनुसार बढु्वाका लागि दुर्गमको प्रावधान हटाउन माग गर्दै २ वर्ष अगाडि नै सर्वाेच्च अदालतमा रिट हालिएको छ ।
गोनानको तर्फबाट र ११३ जनाबाट सामूहिक रिट दायर गरिएको छ । अन्तिम किनारा लागेको छैन ।
एउटै नर्सले धेरै बिरामी हेर्नुपर्र्न समस्या समेत सरकारी सेवामा आवद्ध नर्सको रहेको श्रेष्ठ बताउनुहुन्छ ।
नेतृत्व गर्न योग्य हुँदाहुँदै पनि नर्सलाई अस्पतालको नेतृत्वदायी भूमिकामा नस्वीकार्ने प्रवृत्ति रहेको श्रेष्ठको गुनासो छ ।
उहाँका अनुसार नर्सिङमा प्रमाण पत्र तह र स्नातक तहमा लिडरसिप एण्ड मेनेजमेन्ट विषय पढ्नुपर्छ । यस कारण पनि नेतृत्वदायी भूमिकामा रहेर काम गर्न सक्षम हुन्छन् । तर जतिसुकै पढेको भएपनि माथिल्लो तहमा भएपनि नेतृत्वमा स्वीकार गर्न नसक्नु नर्स माथिको शोषण भएको उहाँको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत