काठमाडौं उपत्यकामा आजबाट जोर बिजोर प्रणाली हट्यो
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा साउन २१ देखि यातायात क्षेत्रमा लागू हुँदै आएको जोर बिजोर प्रणाली आजबाट हटेको छ । बिहीबार स्थानिय प्रशासन र यातायात व्यवसायीबीच भएको वार्तामा जोर बिजोर प्रणाली हटाउने सहमति भएपछि आजदेखि सबै सवारी साधन चल्ने भएका छन् ।
यातायात व्यवसायी तथा मजदुरहरुले जोरबिजोर प्रणालीको अन्त्य हुनुपर्ने माग राख्दै आएका थिए । कोरोना संक्रमण नियन्त्रणका लागि पछिल्लो समय गत साउन २१ गतेदेखि जोर बिजोर प्रणाली लगाइदै आएको थियो ।
आजदेखि जनस्वास्थ्यका मापदण्ड अनुसार निर्वाध रुपमा सवारी साधन चलाउन यातायात व्यवसायीहरु सहमत भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत