निजी अस्पतालको सेवा र शुल्कका विषयमा अनुगमन गरिने
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह भइरहेको सेवा तथा उनीहरुले लिइरहेको शुल्कका विषयमा कडा अनुगमन गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले निजी स्वास्थ्य संस्थाहरुले प्रदान गरिरहेको स्वास्थ्य सेवा तथा बिरामीबाट अशुलीरहेको सम्बन्धमा कडाईका साथ अुनगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
अनुगमनको जिम्मा गुणस्तर अनुमगन तथा नियमन महाशाखालाई दिइएको छ । कोरोना महामारीका समयमा निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले बिरामीनै नलिने, लिइहालेमा चर्काे मुल्य लिने गरेको पाइएको छ ।
तपाईँको अभिमत