काठमाडौंका एकै परिवारका २ जनालाई हैजा पुष्टि, सचेत रहन आग्रह
काठमाडौंमा एकै परिवारका २ जनालाई हैजा रोगको जीवाणु पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले विज्ञप्ति निकालेर दुवै बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भई उपचार्थ रहेको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बिरामी काठमाण्डौ महानगरपालिका बागबजार वडा नं २८ मा बसोवास गर्दै आएका एकै परिवारका सदस्य रहेका छन् ।
१८ र २३ बर्षका उनीहरु झाडापखालाको लक्षण देखिएर असार २ गते टेकु अस्पताल भर्ना थिए । हैजा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले उपत्यकावासीलाई सतर्क रहनुका साथै हैजाकाे लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरेको छ ।
गर्मी तथा वर्षायाममा बिशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाई बिशेष गरी (हातको सरसफाई) तथा खानेकुराको सरसफाईलाई ध्यान दिन सहप्रवक्ता अधिकारीले आग्रह गर्नुभएको छ ।
समयमा साबधानी नअपनाए र राेगकाे निदान तथा उपचारको व्यवस्था नभए हैजाले महामारीको रूप लिन सक्नेतर्फ उहाँले सचेत गराउनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत