थप १९८० जनालाई कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९८० लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८० लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् । २४ घण्टामा ३ हजार ४३ जनाले कोरोना जिते ।
यस्तै १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत