काठमाडौं उपत्यकामा रातभर वर्षा, शनिबार बिहान झन बढ्यो
अ +
अ -
काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि लगातार वर्षा भइरहेको छ । राति सामान्य वर्षा भएपनि शनिबार बिहान बढेको छ ।
मौसम पूर्वानुमान महशाखाका अनुसार असोज १८–२० गतेसम्म लगातार वर्षाको सम्भावना रहेको छ । वर्षासँगै अचानक नदीको बहाव बढ्ने तथा बाटो अवरुद्ध हुने भन्दै यात्रा नगर्न अनुरोध गरेको छ ।
काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भइ बहने ससाना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको भन्दै ती क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको हो ।
यस्तै मौसम राम्रो नहुने भन्दै महाशाखाले कृषकलाई धान वा अन्य बाली काट्न हतारो नगर्न भनेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत