भारतमा ओमीक्रोनले संक्रमण ८ गुणा बढ्यो, फ्रन्टलाइनरलाई थप मात्रा खोप
नयाँ दिल्लीमा श्रमीकहरुको स्वाब संकलन गरिदैं : रोयटर्स
भारतमा ओमिक्रोनका कारण कोरोना भाइरस संक्रमण आठ गुणाले बढेको छ । संक्रमण ह्वात्तै बढेपछि सरकारले फ्रन्टलाइनर र ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको थप मात्रा खोप दिन सुरु गरेको छ ।
नयाँ वर्ष सुरु भएयता आज संक्रमितको संख्या उच्च रहेको जनाइएको छ । सोमबार १ लाख ७९ हजार ७२३ नयाँ केस पुष्टि भएको छ । जसमा नयाँ दिल्ली, मुम्बई र कोलकत्ताका धेरै संक्रमित रहेकाे अल्जजीराले समाचार लेखेको छ ।
यस्तै सोमबार १४६ संक्रमितको मृत्यु भएको छ । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार ९३६ पुगेको छ । भारतमा डेल्टाको स्थान ओमिक्रोनले लिएको छ ।
स्पेन, ब्रिटेन, इटाली लगायत युरोपियन देशहरुका स्वास्थ्यकर्मीहरु ओमिक्रोन संक्रमणका कारण अस्पताल भर्ना हुने क्रम बढेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत