नक्कली औषधिको बिक्रि वितरण, विभागद्वारा प्रयोगमा रोक
अ +
अ -
काठमाडौं । औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधिको प्रयोगमा रोक लगाइएको छ ।
अनुगमनका क्रममा संकलन गरिएको नियोलोर लोराजेपाम इन्जेक्सन आइपि नामक औषधिको नमुनाको राष्ट्रिय औषधि प्रयोगशालाले परीक्षण गर्दा उक्त औषधि हालसम्म दर्ता नभएको पाइएको विभागले जनाएको छ ।
साथै प्रयोगशालाले परीक्षणका क्रममा औषधिको लेवलमा उल्लेख गरेअनुसारको औषधिसमेत नरहेकाले उक्त औषधि नक्कली रहेको पाइएको बताएपछि विभागले विक्रि वितरण तथा प्रयोगमा रोक लगाएको जनाएको छ ।
उक्त औषधि नियोन ल्याबोटोरिज लिमिटेड कम्पनीको उत्पादन हो ।
हेल्थपाटी
तपाईँको अभिमत