दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?
दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेको छ । जिनोमिक सिक्वीन्सिङका क्रममा नयाँ भेरियन्ट पत्ता लागेको दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बताएका छन् ।
नयाँ भेरियन्टका लागि उनीहरुले बी.१.१.५२९ नाम दिएका छन् । दक्षिण अफ्रिकामा अहिलेसम्म नयाँ भेरियन्टका २२ केल पत्ता लागेको दक्षिण अफ्रिकाको राष्ट्रिय सरुवा रोग इन्स्टिच्युटले जानकारी दिएको छ ।
यसको संक्रामक क्षमता र यसले पार्ने प्रभावबारे वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । पछिल्ला दिनमा दक्षिण अफ्रिकामा संक्रमण बढ्नुमा नयाँ भेरियन्ट नै कारक रहेको अनुमान राष्ट्रिय सरुवा रोग इन्स्टिच्युटले गरेको छ ।
यो नयाँ भेरियन्टमा शरीरको प्रतिरक्षा प्रणालीलाई परास्त गर्ने, र फैलन सकने क्षमता धेरै हुनसक्ने आशंका पनि गरिएको छ । अध्ययन भइरहेकाले त्यसपछि मात्रै निष्कर्षमा पुग्न सकिने वैज्ञानिकहरुको भनाइ छ ।
दुर्भाग्यपूर्ण कुरा हामीले नयाँ भेरियन्ट पत्ता लगाएका छौँ, ‘दक्षिण अफ्रिकाको जेनोमिक सर्भिलेन्सका टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा भनेका छन् ।
दक्षिण अफ्रिकाबाट बोत्स्वाना र हङकङ गएका यात्रुमा पनि यो नयाँ भेरियन्ट फेला परेको टुलियो डे ओलिभेराले जानकारी दिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत