आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

सांकेतिक तस्बिर ।
अ +
अ -
केही प्रदेशका पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
२४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाले कोशी, वागमती तथा गण्डकी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि हावाहुरीको सम्भावना रहेको छ ।
बाँकी स्थानमा सामान्यतः मौसम सफा रहने महाशाखाले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत