राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १७ दिनमा १३ जनाको मिर्गाैला प्रत्यारोपण

फाइल तस्विर
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १७ दिनमा १३ जनाको मिर्गाैला प्रत्यारोपण भएको छ । असोज १० गतेदेखि २६ गतेसम्म १७ जनाको सफल मिर्गाैला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रमा प्रत्यारोपणका लागि १ वर्षदेखि पालो पर्खेर बसेकामध्ये १७ जनाको सफल मिर्गाैला प्रत्यारोपण गरिएको हो । केन्द्रमा प्रत्यारोपणका लागि २ सयजना भन्दा बढीले पालो कुरिरहेको उहाँले बताउनुभयो ।
२५ देखि ५५ वर्ष उमेरसम्मका व्यक्तिहरुको प्रत्यारोपण गरिएको उहाँले बताउनुभयो । ‘धेरै जना प्रत्यारोपणका लागि लाइनमा हुनुहन्थ्यो, हामीले फुलपातीको अघिल्लो दिनसम्म प्रत्यारोपण गर्यौं, मिर्गाैला लिने र दिने सबैको स्वास्थ्य अवस्था राम्रो छ । अधिकांश स्वास्थ्य लाभ गरेर घर फर्किसक्नुभएको छ, दशैंको बेला उपचार गरेर घर फर्कन पाउँदा विरामीहरु खुशी हुनुभयो, ’श्रेष्ठले भन्नुभयो- ‘अब दशैं सकिएलगत्तै फेरि प्रत्यारोपण सूचारु हुुन्छ ।’
श्रेष्ठ निर्देशकमा नियुक्त भएपछि प्रत्यारोपणको कामले गति लिएको केन्द्रका कर्मचारीहरु बताउँछन् । डा.श्रेष्ठ असोज ७ गते तेस्रो पटक केन्द्रको निर्देशकमा नियुक्त हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत