के हो जलविन्दु ?, कारण, लक्षण र उपचार
जलविन्दु आँखाको दृष्टिनाशक रोग हो । अङ्ग्रेजीमा यसलाई कष्भिलत पष्ििभच या कष्नजत भन्ने गरेको पाइन्छ । यो आँखामा बढेको प्रेसरले गर्दा दृष्टि नशालाई असर गर्छ । यसको तन्तनुलाई पनि असर गर्छ । विस्तारै दृष्टिमा समस्या हुँदै जान्छ र अन्त्यमा केही पनि नदेखिने गरी अन्धोपन हुन्छ ।
विश्वका २ प्रतिशत मानिसमा जलविन्दु भएको बताइन्छ । यएकपटक जलविन्दुका कारण आँखाको दृष्टि गुमाइसकेपछि फर्काउन सकिदैन । उपचार गर्दा पनि बचेको दृष्टिलाई थप बिग्रन नदिने मात्र हो । यो विश्वमा अन्धोपन गराउने मुख्य कारणहरूमध्ये मोतीयाविन्दुपछि दोस्रो स्थानमा रहेको छ ।
जलविन्दुको समस्या हुँदा तल, माथि, दायाँ तथा बायाँ हेर्न सकिने दृष्टिको क्षमता घटेर जान्छ ।
जलविन्दुको कारण
जलविन्दु हुनुका धेरै कारणहरू छन् । कसै कसैमा जन्मजात जलविन्दु हुन्छ । अङ्ग्रेजीमा अयलनभलष्तब िनबिगअयmब भनेर चिनिन्छ । वंशाणुगत कारण पनि जलविन्दु हुन्छ । कुनै व्यक्तिको हजुरबा वा हजुरआमा वा अघिल्लो पुस्ता, आमाबुवा आदिमा जलविन्दु भए पछिल्लो पुस्ता वा सन्तानमा यो समस्या हुनसक्छ ।
मधुमेह, मुटुरोग भएका बिरामीमा पनि जलविन्दु हुनसक्ने खतरा हुनसक्छ । त्यस्तै उच्च रक्तचापका बिरामी पनि जोखिम समूहमा पर्छन् । कुनै वेला आँखाको चोटपटक लागेका बिरामी, लामो समयसम्म स्ट्रोय नामक औषधि प्रयोग गरेका व्यक्तिलाई पनि जलविन्दु हुनसक्छ । उच्च मायोपिया भएका बिरामीहरू जलविन्दुको उच्च जोखिममा हुनसक्छन् । त्यस्तै मधुमेहका बिरामी पनि कारकहरूमध्ये उच्च जोखिममा रहेको समूह हो ।
जलविन्दुको रोकथाम
करिब ५० प्रतिशत भन्दा बढीलाई जलविन्दु भएको सुरुवातमा थाहा हुँदैन । त्यसैले यसबाट जोगिन अलि सहज भने छैन । यद्यपि जलविन्दु हुनसक्ने जोखिमयुक्त समूहका व्यक्तिले हरेक छ महिनामा जलविन्दु सम्बन्धी आँखाको जाँच गर्नु राम्रो हुन्छ । यसले समयमै जलविन्दु पत्ता लागेर धेरै दृष्टि गुमाउनबाट जोगिन सक्छौँ ।
जलविन्दुका लक्षणहरू
सुरुवातमा जलविन्दुको लक्षण त्यति थाहा हुँदैन । यद्यपि हल्का टाउको दुख्ने, हल्का आँखा दुख्ने, रिँगटा लाग्ने, चक्कर लाग्ने जस्ता लक्षण देखिन्छन् । मुख्यगरी बत्तीमा हेर्दा इन्द्रेणीजस्तो घेरा देखिने हुन्छ । चश्मा लगाउने व्यक्तिमा चाँडो चाँडो पावर थप्नुपर्ने अवस्था सिर्जना हुने, दृष्टि पनि विस्तारै घट्दै जाने समस्या जलविन्दु हुँदा हुन्छन् ।
उपचारका तीन उपाय
जलविन्दुको पूर्ण उपचार सम्भव छैन । अर्थात् जलविन्दु भएर गुमेको दृष्टिलाई पुनः पुरानै अवस्थामा फर्काउन सकिदैन । त्यसैले उपचार गर्दा बाँकी दृष्टिमा थप क्षति हुन नदिने हो । यसका लागि तीन उपाय अपनाउन सकिन्छ ।
आँखामा लगाउने थोपा औषधि प्रयोग गर्न सकिन्छ । अन्य औषधि प्रयोग गरेर पनि जलविन्दुको उपचार गर्न सकिन्छ । तेस्रो लेजर प्रविधि अपनाउन सकिन्छ ।
हरेक वर्ष जलविन्दु सचेतना सप्ताह मनाइन्छ । अङ्ग्रेजी क्यालेन्डरअनुसार मार्च ८ देखि १४ सम्म सप्ताह मनाइन्छ । नेपालमा पनि यो सप्ताह विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको छ । त्रिवि शिक्षण अस्पतालको बीपी आई केयरमा पनि सचेतनामूलक कार्यक्रम गरी सप्ताह मनाइँदैछ । यस अवसरमा आफ्नो दृष्टिको अवस्थाको जानकारी कम्तिमा वर्षमा एकपटक र जोखिमयुक्त समूहमा रहनुभएकाहरूले प्रत्येक छ महिनामा जाँच गरी लिनु हुन अनुरोध छ ।
(प्रस्तुती: सन्तोष निरा राई)
डा.सञ्जीव भट्टराई
तपाईँको अभिमत