विश्व स्वास्थ्य संगठनको बैठकमा प्रधानमन्त्री देउवाको यस्तो सम्बोधन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि दक्षिण पूर्वी एसियालीबीच सहकार्य आवश्यक भएको बताउनु भएको छ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय समिति बैठकका सुभारम्भ गर्ने क्रममा प्रधानमन्त्री देउवाले यस्तो धारणा राख्नुभएको हो ।
नेपालको आयोजनामा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय ७४औँ बैठक आजबाट सुरु भएको छ ।
भर्चुअल माध्यमबाट सुरु भएको बैठकमा सम्बोधन गर्दै उहाँले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको देउवाको भनाइ छ । यसलाई राक्न एक देशको मात्रै प्रयासले नहुने भएकाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट सबैको सहकार्य आवश्यक रहेको उहाँले बताउनु भयो ।
स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताउनुभयो ।
मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित् गर्नु आवश्यक रहेको र पहुँच नपुगकाहरुलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
यस क्षेत्रीय बैठको अध्यक्षता प्रधानमन्त्री देउवाले गरिरहनु भएको छ । आजबाट सुरु भएको बैठक २५ गतेसम्म चल्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत