स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आजदेखि
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आजदेखि काठमाडौंमा हुदैछ । कोभिडका कारण विगतका २ वटा सम्मेलन भर्चुअल भएको थियो तर यसपटक भने भौतिक उपस्थितिमै सम्मेलन हुन लागेको छ ।
सम्मेलन आजदेखि सुरु भएपनि औपचारिक उदघाटन भने भोलि हुनेछ । सम्मेलनको पहिलो दिन आज पूर्व–सम्मेलन गरिनेछ । जसमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदुढीकरण र कोभिड १९, यस अन्तर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानिय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्था स् अवसर र चुनौती तथा कोभिड महामारीका सिकाईहरु, सहकार्य र सञ्जालद्वारा अनुसन्धानको प्रवद्र्धनका साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतीकरण रहनेछ ।
‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धन स् नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव एवं कार्यकारी प्रमुख डा.प्रदिप ज्ञवालीले सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्या विद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरुबीच छलफल हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन दिने सम्मेलनमा स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड –१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एंवम् विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेसन अनुसन्धान विषयमा ४० वटा मौखिक प्रस्तुतीकरण हुनेछ ।
सम्मेलनमा ३१ जना राष्ट्रिय र २२ जना अन्तराष्ट्रिय विज्ञहरुले प्रस्तुतीकरण गर्नुहुनेछ । मौखिक तथा पोष्टर प्रस्तुतीकरण मध्येबाट एक ( एक जनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिने छ । त्यसैगरी बायोमेडिकल जनरलमा विगत ५ वर्षमा सबै भन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक जना नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत