तीन कम्पनीका तीन किसिमका औषधि तुरुन्त फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन
औषधि व्यवस्था विभागले बजारबाट तीन कम्पनीका तीन औषधि तुरुन्त रिकल (फिर्ता) गर्न निर्देशन दिएको छ । ती कम्पनीबाट उत्पादित एक ब्याचका औषधि रिकल गर्न बुधबार निर्देशन दिइएको हो ।
बुधबार प्रकाशित सूचनाअनुसार सिद्धार्थ फर्मास्यूटिकल्स प्रालिबाट उत्पादित DPSC-3301 ब्याचको Dopan-DSR औषधि रिकल गर्न भनिएको छ । त्यस्तै सुप्रिम हेल्थकेयर प्रालिको PAC-24052 ब्याचको Pandom-DSR औषधि र आर्या फर्मा ल्याब प्रालिको PFDC01041 ब्याचको Pantafast-DSR नामको औषधि फिर्ता गर्न भनिएको हो ।
ती ब्याचका औषधिको गुणस्तर मापदण्डभन्दा न्यून गुणस्तर भएकाले फिर्ता गर्न भनिएको विभागले जारी गरेको सूचनामा भनिएको छ । त्यसरी फिर्ता गरिएको औषधिको विवरण विभागमा पेश गर्न पनि सूचनामा भनिएको छ ।
'साथै उक्त ब्याच नं. उल्लेख भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउनुहुन सम्बन्धित सबैलाई अनुरोध छ', सूचनामा भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत