पहिला कमाएर उमेर ढल्किएपछि बच्चा जन्माउछु भन्दा समस्या आइरहेको छ (भिडियो)
प्रजनन समस्या महिला -पुरुषमा लगभग बराबरी नै देखिरहेको स्त्री प्रसूती तथा प्रजनन रोग विशेषज्ञ डा.निशा अधिकारी थापाले जानकारी दिनुभयो ।
बच्चा भएन भन्नेवित्तिकै महिलामा मात्रै समस्या देख्ने प्रवृत्ति समाजमा रहेपनि पुरुष र महिलामा लगभग समान समस्या हुने डा.निशाको भनाइ छ ।
हेल्थपाटीसँगको कुराकानीमा डा.निशाले आफूमा प्रजनन समस्या छ भनेर स्वीकार गर्नै नसक्ने इगो पुरुषमा हुने आफूले पाएको बताउनुभयो ।
महिलामा समस्या छैन तपाईको वीर्य एकपटक जाँच गराउनु न भन्दा पुरुषहरु नमान्ने, उनीहरु हराउने गरेको डा.निशाले सुनाउनुभयो ।
वैदेशिक रोजगारीमा गएर फर्किएका युवामा प्रजनन क्षमतामा ह्रास आइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
डा.निशाका अनुसार विदेशमा वातावरण तथा खानपान नमिल्दा पनि युवामा प्रजनन क्षमतामा कमी आइरहेको छ ।
खानपन राम्रो नहुने पोषण नपुग्ने, मेसिनमा काम गर्दा केमिकलसँग नजिक भएर काम गर्दा शुक्रकीट उत्पादनमा कमी हुने भएकाले पनि यस्ता समस्या आएको डा.निशाको तर्क छ ।
धेरै दम्पतीले प्रजनन उमेर घर्किएपछि बच्चा जन्माउने योजना बनाउदा पनि समस्या हुने गरेको उहाँको तर्क छ ।
लामो समय विदेशमा बसेर फर्किएर, कमाइ गरिसकेर उमेर ढल्किएपछि बच्चा जन्माउछु भन्नु ठिक नभएको डा.निशाले बताउनुभयो ।
‘४० कटेसी रमाउँला भन्ने कुरालाई सिरियस्ली लिइरहनुभएको छ कतिले छ’ डा.निशा भन्नुहुन्छ, ‘बच्चा जन्माउने पनि एउटा प्रजनन उमेर हुन्छ, त्यो कटिसकेपछि बल्ल बच्चा जन्माउन कोसिस गर्ने प्रचलन छ।’
महिलामा २० वर्षदेखि ३५ उमेरसम्म प्रजनन क्षमता धेरै हुने भएकाले यो उमेरभित्रै जन्माउन उहाँको सुझाव छ ।
महिलाको उमेर ३५ वर्ष कटेपछि अण्डा बन्न नै कम हुने भएकाले प्रजजन क्षमता कम हुन्छ ।
उहाँका अनुसार अहिले धेरैजसो प्रजननमा समस्या भएपछि बेलैमा अस्पताल आउने गर्छन् । पहिला १० औँ वर्षसम्म बच्चा नहुँदा पनि मन्दिर जाने, झारफुक गर्ने गरेर अन्तिममा मात्रै अस्पताल आउने चलन थियो ।
अहिलेको पुस्ता यसमा सचेत बन्दै गएको उहाँ बताउनहुन्छ
‘डाक्टर भएको ठाउँमा आउँदा निकै ढिला भइसकेको हुन्थ्यो अहिले चाहि ६ महिना १ वर्ष बच्चा बसेन भने आइ हाल्नुहुन्छ’ डा.निशा भन्नुहुन्छ ।
महिला र पुरुषमा प्रजनन क्षमतामा के कारण सन्तान नहुने समस्या बढिरहेको छ ? महिला र पुरुषमध्ये कसलाई यो समस्या बढी छ? आइभीएफ के हो लगायतका विषयमा हेल्थपाटीका लागि तुलसा घिमिरेले डा.निशा अधिकारी थापासँग कुरा गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत