२ लाख ३० हजारभन्दा बढी व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गरे
काठमाडौं । नेपालमा २ लाख ३० हजारभन्दा बढी व्यक्तिले पैसा तिरेर कोरोनाको परीक्षण गराएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ४१ सरकारी तथा २१ वटा निजी प्रयोगशालाहरुबाट १३ लाख ९ सय १८ परीक्षण भएको मध्ये २ लाख ३१ हजार ४०५ व्यक्तिहरूले शुल्क तिरी परीक्षण गरेको जानकारी दिनुभयो ।
उहाँले महामारीको शुरूवातीदेखि नै कोभिड–१९को परीक्षण तथा उपचार निःशुल्क गरिँदै आएकोमा नागरिक तथा निजी क्षेत्रको चाहना र माग अनुसार निजी क्षेत्रबाट सञ्चालित प्रयोगशाला र अस्पतालहरूमा कोभिडको परीक्षण तथा उपचार स्पष्ट पार्नुभयो ।
कोभिडका लागि ७० वटा अस्पतालहरु तोकिएकोमा १७ अस्पताल निजी क्षेत्रका रहेका छन् । बाँकी रहेका देश भरीका सबै निजी अस्पताल तथा मेडिकल कलेजहरुले आफूसँग रहेका कम्तीमा ५० प्रतिशत सबै प्रकारका बेडहरू कोभिड उपचार व्यवस्थापनमा लगाउने व्यवस्था गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत