सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क दिने प्रधानमन्त्री ओलीको घोषणा
३ महिनाभित्र सबै नेपालीलाई खोप दिइसक्ने

अ +
अ -
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबै नेपाललीले निःशुल्क पाउने उद्घोष गर्नुभएको छ । कोरोना खोप अभियानको शुभारम्भ कार्यक्रममा उहाँले बिना भेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई नि:शुल्क खोप सरकारले दिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अनुदानमा आएको होस् या सरकारले किनेको होस्, जुन खोप भएपनि सरकारले नागरिकलाई निःशुल्क खोप दिने बताउनुभएको हो । उहाँले ३ महिनाभित्र सबै नेपालीलाई खोप दिइसक्ने बताउनुभयो ।
आजदेखि देशभर खोप अभियान सुरु भएको छ । यो अभिायन १० दिनभित्र सकाउने लक्ष्य राखिएको छ । खोप अभियानको पहिलो दिन आज देशभर १२ हजार जनालाई खोप दिइने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
तपाईँको अभिमत