जानियाको उत्पादन प्रिनेटल गमीज नेपालमा पनि, गर्भवतीका लागि उपयोगी
गर्भावस्थामा शिशु र आमाको स्वास्थ्य स्वस्थ राख्न खानपर्ने सब्लीमेन्टमध्ये एक ट्र्ट प्रिनेटल गमीज नेपालमा पनि लन्च भएको छ ।
गर्भ रहनु अगावै खानपर्ने यो सब्लीमेन्टको शनिबार नेपालमा एक कार्यक्रमकाे आयाेजना गरी लन्च गरिएको छ ।
जानिया करपोरेशनको उत्पादन प्रिनेटल गामिज गर्भवती र गर्भको योजना रहेका महिलाहरुका लागि रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका सिइओ निरुपम कुमारले जानियाको उत्पादन हाल १७ वटा देशमा रहेको बताउँदै प्रिनेटल गमिज ती देशहरुमा पुर्याइने बताउनुभयो । उहाँले यसै वर्षभित्र प्रिनेटल गमिज १७ वटै देशमा लन्च गर्ने बताउनुभयो ।
हाल प्रिनेटल गमिज भारत,अफ्रिका र नेपालमा लन्च गरिएको छ । उहाँका अनुसार यो सब्लिमेन्ट खाएपछि गर्भवतीहरुले फोलिक एसिड खान पदैैन तर अन्य स्वास्थ्य समस्या रहेका गर्भवतीहरुले भने डाक्टरकाे सल्लाहअनुसार याे सब्लीमेन्टसँगै फोलिक एसिड खानपर्छ ।
कार्यक्रममा भारतबाट आउनुभएकी स्त्रीरोग विशेषज्ञ डा. आरती सिन्हाले गर्भावस्थामा महिलाको स्वास्थ्य स्वस्थ रहेमात्रै शिशुको स्वास्थ्य पनि राम्रो हुने र त्यसका लागि सब्लीमेन्टका रुपमा प्रिनेटल गमीज उपयोगी हुने बताउनुभयो । शिशुको शरीरका अंग विकासका लागि फोलिक एसिडको आवश्यकता पर्ने र फोलिक एसिडामा पाइने तत्वहरु गमीजमै समावेश भएको उहाँले बताउनुभयो ।
सबै खालका भिटामिन, आइरन, मिनरल्स, फोलिट, क्यालोरिज, न्युट्रेसन जस्ता तत्वहरु मिलाएर गमिज फर्ममा तयार गरिएकाले प्रिनेटल गमीज गर्भवतीहरुका लागि धेरै राम्रो हुने उहाँको दाबी छ ।
‘भिटामिन लगायत अन्य तत्वहरु मिसाएर ट्याब्लेट बनाइएको हुन्छ, त्यो ट्याब्लेटको आकार ठुलो हुँदा निल्न गाह्रो हुने गरेको छ । तर प्रिनेटल गामीज सजिलै खान सकिन्छ सिन्हाले भन्नुभयो, गमीजले गर्भवतीहरुमा वाकवाकी लाग्ने समस्या पनि हुँदैन ।’ वाकवाक लाग्ने समस्या भएका गर्भवतीलाई अहिले प्रयोगमा भएका ट्याब्लेट सब्लीमेन्टहरु खान गाह्रो भएको बताउने गरेको उहाँले बताउनुभयो ।
जानिया कर्पोरेशनको मुख्यालय अमेरिकामा रहेको छ भने सब्लीमेन्ट उत्पादन भारतबाट हुन्छ । नेपालमा टर्ट न्युट्रेसन नाम दिइएको यो उत्पादन खाद्य प्रविधि र गुण नियन्त्रण विभागमा दर्ता भएको कम्पनीले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत