‘फल्स रिपोर्टको गुनासो बढ्यो, प्रयोगशालाको गुणस्तर कायम राख्नुस्’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिको रिपोर्ट नेगेटिभ आउन थालेपछि देशभरका प्रयोगशालालाई गुणस्तर कायम गरि पीसीआर परीक्षण गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ‘फल्स नेगेटिभ’ अर्थात पोजेटिभ केसलाई पनि नेगेटिभ देखाउने गुनासो आएकाले गुणस्तर कायम गर्न निर्देशन दिनुभयो ।
उहाँले मन्त्रालयमा पोजेटिभको नेगेटिभ रिपोर्ट आएको भन्दै गुनासो आएकाले त्यस्ता घटनाको छानबिन गरिरहेको बताउनुभयो । गत साता काठमाडौं नरदेवीका अफताव आलमको ५ पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट फरक फरक आएको थियो ।
यस सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले पाटन अस्पतालमा आलमको पुरानै स्वाब पुन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । सरकारी निजी गरि देशभर ४९ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत