क्यान्सर निको भएपछिको जीवन कस्तो हुन्छ ? (भिडियो)
शरीरमा रहेका कोशिकाहरू अनियन्त्रित भई विभाजन भयो भने त्यसलाई क्यान्सर भनिन्छ । हाम्रो शरीरमा हजारौँ कोसिकाहरू हुन्छन् र ती कोसिकाहरू पद्धतीमा रहेका हुन्छन् । तर ती कोसिकाहरू विभाजन भई एक ठाउँबाट अर्काे ठाउँमा गए भने क्यान्सर राेग लाग्छ । तर क्यान्सरको समयमा पहिचान भएर उपचार भयो भने पूर्ण रूपमा निको हुन्छ ।
क्यान्सर निको भएपछि बिरामी सामान्य जीवनमा फर्कन सक्छन् । क्यान्सरको उपचारपछि नियमित फलोअप उपचारमा भने रहनुपर्छ । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर निको भएपछिको जीवन पहिलाको जस्तै सामान्य रहने बताउनुभयो ।
क्यान्सरप्रति मानिसको बुझाइ नकारात्मक छ, तर बिरामीको अवस्था रोग लाग्नुभन्दा पहिलाको जस्तो थियो, निको भएपछि त्यही अवस्थामा फर्कन सक्ने डा. शाहीको भनाइ रहेको छ । तर क्यान्सर उपचारपछिका केही समय असहज हुने उहाँले बताउनुभयो । शाहीका अनुसार किमोले शरीर कमजोर बनाइरहेको हुने भएकाले किमो लगाएको २ वर्षसम्म सन्तान जन्माउन नहुने तथा स्तनपान गराउन हुँदैन ।
प्रस्तुत छ डा. शाहीसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको भिडियो कुराकानी :
हेल्थपाटी
तपाईँको अभिमत