उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा अहिलेसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै सोही अवधिमा २७ सय ७ जना संक्रमणमुक्त भएका छन् भने ५४ संक्रमितको मृत्यु भएको छ । आज देशभर थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार २० हजार ३ सय ६७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय जना गरी थप ९ हजार ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० रहेको छ। जसमध्ये २ लाख ९२ हजार ४९० जना निको भएका छन् भने ३५ सय २९ संक्रमितको मृत्यु भएको छ । अहिले देशभर ७२ हजार ५६१ संक्रमित आइसोलेसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत