भीड नगरौँ, काठमाडौंमा अरु सरकारी अस्पतालमा पनि पीसीआर परीक्षण हुन्छ
काठमाडौं । केही दिनयता कोरोना परीक्षणका लागि शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पतालमा भीड लागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण अन्य सरकारी अस्पतालमा पनि हुने भन्दै भीड नगर्न आग्रह गरेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पीसीआर परीक्षण अन्य अस्पतालहरुमा पनि हुने भएकाले सो एउटै स्थानमा भीड नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
"पीसीआर परीक्षण अन्य अस्पतालहरुमा पनि हुन्छन्, टेकु अस्पतालमा मात्रै भीड गर्नुपर्दैन, त्यसरी भीड गर्दा यदि तपाई संक्रमित नभए पनि भीडमा हुनसक्ने सम्भावित संक्रमितबाट तपाईंलाई संक्रमण हुनसक्छ, त्यसैले भीड नगरौ," प्रवक्ता गौतमले भन्नुभयो ।
काठमाडौं उपत्यकामा पाटन अस्पताल, वीर अस्पताल, एपीएफ अस्पताल लगायतका सरकारी अस्पतालमा पीसीआर परीक्षण भइरहेको छ ।
साथै, प्रवक्ता गौतमले काठमाडौं उपत्यका लगायत जनघनत्व भएका स्थानहरुमा संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न सचेत गराउनुभयो ।
कुनै पनि प्रदर्शनहरु नगर्न आग्रह गर्दै सोही प्रदर्शनका क्रममा आफूलाई संक्रमण भई घरका अन्य सदस्यलाई समेत संक्रमित बनाउने हुँदा सचेत रहन उहाँले प्रर्दशनकारीहरुलाई सुझाव दिनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत