भक्तपुर क्यान्सर अस्पतालमा एचआइभी संक्रमितको क्यान्सरको शल्यक्रिया
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा एचआइभीको उपचार गरिरहनु भएकी एक महिलाको स्तन क्यान्सरको शल्यक्रिया गरिएको छ । कोरोना महामारीमा विषम् परिस्थितिमा जनस्वास्थ्यका मापदण्ड अपनाई शल्यक्रिया गरिएको उपचारमा संलग्न डा.पुण्यराम खर्बुजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६ महिना अगाडि स्तन क्यान्सर भई किमो गरिरहनु भएकी ४८ वर्षकी महिलाको शल्यक्रिया गरिएको हो । ती महिला विगत १५ वर्षदेखि एचआइभीको उपचार गराइरहनु भएको छ । शल्यक्रियामा डा.विकास भैल, डा.आरोग्य कँडेल, डा.राजु थापामगर, नर्स रबिना घेमसु र जिना शर्माको टिम सहभागी थियो ।
सोही अस्पतालमा हिजो मात्रै शल्यक्रिया गरि एक महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको थियो । डा.खर्बुजाले कोरोना सुरु देखिनै उक्त अस्पतालमा उपचार नरोकिएको र बिरामीको उपचार तथा हेरचाहमा नर्सको भुमिका उल्लेख्य रहेको भन्दै नर्सहरुको प्रशंसा गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत