कोराेनाकाे खोप नलगाउने १७८ स्वास्थ्यकर्मी निलम्बित
अ +
अ -
काठमाडौं । अमेरिकाको हस्टनस्थित मेथोडिस्ट हस्पिटल सिस्टमले आफ्ना १७८ जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप नलगाए बापत् निलम्बित गरेको छ । हस्पिटलले दिएको समयसिमा भित्र खोप नलगाएकोले उनीहरुलाई निलम्बित गरिएको हो ।
उनीहरुका लागि जुन २१ सम्मको खोप लगाउने समयसिमा तोकिएको छ । यो अवधिमा खोप नलगाए उनीहरुलाई कामबाट निकालिने उल्लेख गरिएको छ । हस्पिटलका २४ हजार ९ सय ४७ कर्मचारीले भने हस्पिटलले दिएको समयभित्र खोप लगाएका छन् ।
ती मध्ये २७ जनाले चाहिँ खोपको पहिलो डोज मात्र लिएका अमेरिकी पत्रिका द वासिङ्टन पोष्टले जनाएको छ । भ्याक्सिन हेजिटेन्सीका कारण खोप नलगाउने अमेरिकीहरु थुप्रै छन् ।
उनीहरुलाई खोपप्रति उत्प्रेरित गर्नका लागि अमेरिकी सरकारले विभिन्न अफरहरुको घोषणा पनि गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत