कोरोना संक्रमणबाट नर्सको मृत्यु
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणबाट विराट मेडिकल कलेजमा कार्यरत एक नर्सको मृत्यु भएको छ । झापा, दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षकी स्टाफ नर्स लमु तामाङको मृत्यु भएको दमक नगरपालिकाले जानकारी दिएको छ ।
तामाङले यसअघि दमकको आम्दा अस्पतालमा लामो समय काम गर्नुभएको थियो ।उहाँको आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताउनुभयो ।
यो सँगै कोरोनाबाट नेपालमा मृत्यु हुने नर्सको संख्या ५ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत