चिकित्सा शिक्षा स्नातक तहको वार्मअप म्याचिङका लागि आवेदन माग
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको र्याप अप म्याचिङका लागि अनलाइन आवेदन माग गरेको छ । आयोगले सोमबार सूचना प्रकाशन गरी वार्प-अप म्याचिङका लागि आवेदन माग गरेको हो ।
प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रही म्याचिङको लागि प्राथमिकता निर्धारण नगरेका, पूर्व मनोनयनको सूचीमा परी नाम झिकेका र कुनैपनि शैक्षिक कार्यक्रमको भर्ना सूचीमा नपरेका उम्मेदवारहरूले अनलाइन आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
इच्छुकले रिक्त रहेका स्थानमा मंसिर २३ गते दिउँसो ४ बजेसम्म अनलाइन आवेदन सकिने जानकारी आयोगले दिएको छ ।
वार्प-अप म्याचिङको स्थान र कार्यतालिका सम्बन्धी थप सूचना २४ गते प्रकाशन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार एमबीबीएसतर्फ देशभरका विभिन्न कजेल तथा प्रतिष्ठानमा ४२ सिट अझै रिक्त छ ।
हेनुहोस् पूरा सूचना
हेल्थपाटी
तपाईँको अभिमत