काठमाडौं उपत्यकामा २१२९ संक्रमित थपिए, देशभर ३५५६

फाइल तस्विर ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो ।
यो सँगै संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । जसमध्ये ७८ हजार ७८० निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।
संस्थागत आइसोलेसनतर्फ १५ हजार ४८ र २० हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५०३ डिस्चार्ज भएका छन् । यस्तै आज थपिएका संक्रमितमध्ये २ हजार १२९ जना काठमाडौं उपत्यकाका छन् ।
काठमाडौंमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित थपिए । २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भयो ।
हेल्थपाटी
तपाईँको अभिमत