स्वास्थ्य पत्रकार मञ्चकी सदस्य पवित्रा सुनारलाई ‘स्वास्थ्य पत्रकार अवार्ड’

पत्रकार पवित्रा सुनारले ‘स्वास्थ्य पत्रकार अवार्ड’ प्राप्त गर्नुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले उक्त अवार्ड प्रदान गरेको हो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालकी सदस्य रहनुभएकी सुनारलाई परिषद्ले आयोजना गरेको ११औं स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक शिखर सम्मेलनको समापनका अवसरमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अवार्ड प्रदान गर्नुभएको हो ।
परिषद्ले पहिलोपटक स्वास्थ्य पत्रकारिता अवार्ड प्रदान गरेको हो । यसपटक १४ विधामा अवार्ड वितरण गरिएको थियो ।
सुनार विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले स्वास्थ्य क्षेत्रमै कलम चलाउनुभएको डेढ दशक भइसकेको छ ।
यसअघि सुनारले सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९, रोटरी जर्नो अवार्ड (सन् २०१९) लगायत विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त गरिसक्नुभएको छ ।
हाल उहाँ नागरिकन्यूजमा कार्यकरत हुनुहुन्छ ।
सम्मेलन बिहीबारबाट सुरु भएको थियो । परिषद्ले आफ्नो ३४औं स्थापना दिवसका अवसरमा सम्मेलन आयोजना गरेको हो ।
तपाईँको अभिमत