कोरोना संक्रमित अस्पताल भर्ना हुन थाले, आज ३३५ जनालाई संक्रमण पुष्टि
अ +
अ -
पछिल्ला केही दिनयता संक्रमितको मात्र होइन अस्पताल भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा २९ सय ९६ जनाको नमुना परीक्षण भएकोमा ३३५ जनालाई संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा ८६ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमित २९ सय ७१ जना छन् । सक्रिय संक्रमितमध्ये १३९ जना संस्थागत ओइसोलेसनमा छन् । जसमा २५ जना आइसियुमा उपचाररत छन् ।
संक्रमणदर बढेसँगै स्वास्थ्य मन्त्रालयले विद्यालय, धार्मिक स्थल, मनोरञ्जन स्थल,विमानस्थल लगायत भीड हुने स्थानहरुमा अनिवार्य मास्कको प्रयोग गर्न सर्वसाधरणलाई अपिल गरेको छ ।
तपाईँको अभिमत