अज्ञात समूहद्वारा क्लिनिकमै चिकित्सकमाथि कुटपिट
अज्ञात समुहले क्लिनिकमा प्रवेश गरी एक आयुर्वेद चिकित्सकलाई कुटपिट गरेको छ ।
आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा.चन्द्र वली शाहलाई आज साँझ करिब ५ बजेतिर ४- ५ जनाको समूकमा आएका व्यक्तिले कुटपिट गरेको नेपाल आयुर्वेद चिकित्सक संघले जानकारी दिएको छ । डा. शाह नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य हुनुहुन्छ ।
कुटपिटबाट उहाँ घाइते हुनुभएको जानकारी संघले दिएको हो । संघले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संशोधन) अध्यादेश २०७९ को दफा ३ (च) मा व्यवस्था भए बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्कि दिने, गाली गलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गर्ने व्यक्ति वा समूहलाई सोहि बमोजिम कारवाही गरि स्वास्थ्य संस्थामा भएको तोडफोडको क्षतिपूर्तिको माग गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत