कोरोनाबाट भारतको अवस्था चिन्ताजनक र नेपालमा आपत्कालीन स्थितिः डब्लूएचओ
काठमाडौं । कोरोना महामारीले नेपालमा आपत्कालीन अवस्था निम्तिएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्कालीन स्थिति निम्तिएको बताउनुभएको हो ।
नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि कोरोनाले आपतकालीन स्थिति निम्तिएको टेड्रोसले बताउनुभएको छ ।
भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहेको जनाउँदै टेड्रोसले भारत सरकारलाई गम्भीर हुन आग्रह गर्नुभएको हो ।
टेड्रोसले अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएको उल्लेख गर्नुभएको बिबिसीले जनाएको छ । भारतमा डब्ल्यूएचओले अक्सिजन कन्सन्ट्रेटर्स, मोबाइल फिल्ड अस्पतालका लागि टेन्ट, मास्क र मेडिकल सामग्री पठाइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
भारतको अवस्था अहिले पनि निकै चिन्ताजनक छ, कयौं राज्यमा संक्रमण मामिला र मृतक संख्या बढिरहेको छ, टेड्रोसले भन्नुभएको छ । भारतलाई सहायता प्रदान गरिरहेका मुलुकहरूप्रति उनले आभार पनि व्यक्त गरेका छन्।
हेल्थपाटी
तपाईँको अभिमत