ख्याल गरौं : यी खानाले बढाउँछ मोटोपन, क्यान्सर र मधुमेहको खतरा
स्वस्थ शरीरका लागि सबैभन्दा महत्वपूर्ण कुरा कम खानु र धेरै शारीरिक मेहनत गर्नु रहेको छ । तर यो भन्दा पनि महत्वपूर्ण कुरा भोजनमा अत्यावश्यक पोषक तत्व हुनु रहेको छ । फेरिएको जिवनशैली, भोजन, फास्ट पूmड र प्याकेजिङको खानामा भएको वृद्धिले हाम्रो भोजनमा पोषक तत्वको कमी हुदै गएको छ । यसमा चिनी, नुन, मैदा र अजिनोमोटो जस्ता कुराहरु रहेका छन् ।
प्रोसेसिङ गरिएका खाद्यान्नमा यी बस्तुको मात्रा खतराको स्तरसम्म हुन जान्छ । हार्भड इन्सटिच्यूट अफ हेल्थका अनुसार यी खानेकुराहरु क्यान्सर, टाइप–२ मधुमेह, मोटोपना, रक्त चाप, ह्दय घात र गम्भीर बिरामीको कारण बनिरहेको मात्रै नभई यसले हाम्रो आयुलाई १० वर्षसम्म कम गरिदिन्छ ।
मैदा
मैदा कोलेस्ट्रोल जस्तो बिरामीको कारण गहूलाई प्रोसेसिङ गर्दा यसमा भएको इन्डोस्पर्म समाप्त हुन्छ । यसैगरी पाचनका लागि आवश्यक पर्ने चोकर पनि समाप्तनै हुन्छ । समग्रमा गहूलाई मैदा बनाउदा यसको लगभग पुरा पोषक तत्व समाप्तनै हुन्छ । त्यसैले यसले पाचन सम्बन्धि गंम्भीर समस्या पैदा गर्छ । यद्यपि मैदाबाट बनेको खानेकुरा सातामा एक वा दुई पटक मात्रै खानु हुन्छ । त्यो पनि थोरै मात्रामा मात्रै ।
चिनी
प्रशोधित चिनीलाई इम्पिटी क्यालोरी भनिन्छ । यसमा कुनै पनि पोषक तत्व हुदैन । यो हाम्रो पाचन नलीमा पुगेपछि ग्लुकोज र फ्रक्टोजमा टुक्रिन्छ । जो मानिस शारीरिक श्रम गर्दैनन् उनीहरुको कलेजोमा यो बोसोको रुपमा संग्रहित हुन्छ । यसले इन्सुलिनमा पनि नराम्रो असर पार्छ र मधुमेह हुने खतरा बढ्न जान्छ । एक दिनमा केवल ५ चम्चा चिनी मात्रै स्सवास्थ्यका लागि लाभदायक मानिएको छ । ४० को उमेरपछि यसलाई अझै घटाउनु आवश्यक छ ।
अजिनोमोटो
अजिनोमोटा मोनोसोडियम ग्लूटामेट हो । जुन चिनियाँ खाद्यान्न, सूप आदीमा राख्ने गरिएको छ । यो प्राकृतिक रुपमा गोलभेडा र अंगुरमा पाइन्छ । कृतिम रुपमा लिनु कुनै आवस्यकता छैन ।
सेतो नुन
यस खालको नुन उच्च रक्तचापका लागि धेरै जिम्मेवार मानिएको छ । नुनले शरीरमा पानीको मात्रामा असर पार्छ । यदि हामी धेरै नुन खान्छौ भने शरीरमा रहेको पानीले रक्त चापलाई बढाइदिन्छ । नुनलाई प्रशोधन गर्दा यसमा भएको आयोडिन समाप्त हुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत