देशभर थप १३२५ लाई कोरोना संक्रमण, ९६६ जना डिस्चार्ज

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार २२२ पुगेको छ ।
जसमध्ये ४६ हजार २३३ उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ९६६ जना डिस्चार्ज भए । २४ घण्टामा ९ हजार ५८४ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत