अंग प्रत्यारोपण सम्बन्धि २ दिने तालिम सम्पन्न, २१ अस्पतालका प्रतिनिधि सहभागी
भक्तपुरमा मान अंग प्रत्यारोपण सम्बन्धि २ दिन तालिम सम्पन्न भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजना र मोहन फाउण्डेशन,भारतको प्राविधिक सहयोगमा असार १० र ११ गते तालिम सञ्चालन भएको हो ।
तालिममा काठमाण्डौ उपत्यकाभित्रका २१ अस्पतालका ट्रान्सप्लान्ट कोर्डिनेटरहरु सहभागी थिए ।
तालिमका मुख्य प्रशिक्षक रुपमा मोहन फाउण्डेसन भारतकी श्रीमती पल्लभी कुमार र डा.मोनित कौर साही रहनुभएका थियो ।
उहाँहरुले दुई दिनसम्म विभिन्न प्रयोगात्मक अभ्यास सहितको प्रशिक्षण दिनुभएको थियो । मस्तिष्क मृत्यु पश्चात अंगदान कार्यक्रम सफल बनाउनका लागि धैर्यता र निरन्तरताको आवश्यक पर्ने उहाँहरुले जोड दिनुभयो ।
यसका लागि सबैले आ–आप्mनो क्षेत्रबाट सहयोग गरे मात्र सफलता पाउन सकिने उहाँहरुको भनाइ थियो ।
तालिममा वीर अस्पताल, त्रि.वि.वि. शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, उपेन्द्र देवकोटा न्युरो अस्पताल, स्वास्थ्य अभियान नेपाल, नेपाल–कोरिया मैत्री अस्पतालका प्रतिनिधिको सहभागिता थियो ।
त्यसैगरी काठमाडौं मेडिकल कलेज, मध्यपुर अस्पताल, नेपाल मेडिसिटी अस्पताल, किष्ट अस्पताल, नेपाल मेडिकल कलेज, अन्नपूर्ण न्युरो अस्पताल, व्लुक्रस अस्पताल, ग्राण्डी इन्टरनेसनल अस्पताल, ग्रिन सिटी अस्पताल, बी एण्ड बी अस्पताल, अल्का अस्पताललगायतका पनिे सहभागिता रहेको थियो ।
तालिम समापन समारोहका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिव हरी प्रसाद मैनालीले तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्र्नुभयो । उहाँले तालिम प्राप्त जनशक्तिले बिरामीको सेवा र मस्तिष्क मृत्युपश्चात हुने अंगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो ।
‘जनचेतना अभिवृद्धि सबैभन्दा महत्वपूर्ण कुरा हो’ मैनालेले भन्नुभयो, ‘मस्तिष्क मृत्य पश्चात हुने अंगदान र प्रत्यारोपणले व्यापकता पाओस भन्ने उद्देश्यसहित चिकित्सक, नर्स ,तथा अन्य स्वास्थ्यकर्मी, राजनीतिज्ञ, पत्रकार, कानुन व्यवसायी, समाज सेवी तथा कलाकार सबैले नै यो विषयमा जानकार रहनुपर्छ।’
शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले मृत्युपछि खेर जाने अंग दान दिँदा ८ जनाले नयाँ जीवन पाउने बताउनुभयो।
हामी सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै नेपालमा पनि ८० प्रतिशत मस्तिष्क मृत्युबाट प्रत्यारोपण सम्भव सक्ने डा.श्रेष्ठको भनाइ छ ।
अंगदान र प्रत्यारोपण कार्यक्रमलाई विस्तार गर्नका लागि समन्वय इकाईले प्रत्येक सोमबार अंग प्रत्यारोपण र अंगदान हुनसक्ने अस्पतालमा जनचेतना अभिवृद्धि गर्न परामर्शका लागि जाने गरेको मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपण समितिकी अध्यक्ष डा कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको अंग प्रत्यारोपण समन्वय इकाईले मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण सम्बन्धि कार्यमा समन्वयकारी भूमिका खेल्ने गरेको छ ।
व्लुक्रस अस्पतालका निर्देशक डा. प्रज्जवल श्रेष्ठले बिरामीको परिवारमा अंगदान सम्बन्धि जनचेतनाको अभावले अंगदान गर्न नचाहने बताउनुभयो ।
बुझाइसकेपछि पनि आर्थिक माग गर्ने गरेको र अस्पतालले कानुनी समस्या आउन सक्ने कारण देखाई मस्तिष्क मुत्युको बारेमा बिरामीलाई बुझाउन नखोज्ने र समन्वय इकाइमा जानकारी नदिने गरेको सुनाउनुभयो ।
सहभागिहरुका तर्फबाट ग्राण्डी अस्पतालकी कोर्डिनेटर पुनम शाक्यले यस तालिमले आँफ्नो क्षमतामा अभिवृद्धि भएको र आगामी दिनमा अझ सक्रिय रहने बताउनुभयो ।
मस्तिष्क मृत्यूबाट हुने मिर्गाैला वितरणलाई पारदर्शी बनाउन सरकारले चारवटा मापदण्ड बनाएको छ । पहिलो मापदण्डमा सबैभन्दा बढी प्रतिक्षा सूचीमा रहेको वा लामो समयसम्म डाइलाइसिसमा रहेका बिरामी, दोस्रो मापदण्डमा मिर्गाैला दाता र ग्रहणकर्ता बीच म्याचिङ राम्रो भएको हुनुपर्छ । तेस्रो अंगदाता र अंग ग्रहणकर्ताको उमेर जति कम भयो त्यति धेरै अंक पाउने र चौथो मापदण्डमा महिलालाई ३ गुण बढी अंक दिइएको छ, जुन व्यवस्था नेपालमा मात्र छ ।
यस्ता किसिमका तालिमहरु अभ mविस्तार गरी देशव्यापी बनाउनु पर्ने र मस्तिष्क मृत्युबाट हुने अंगप्रत्यारोपणलाई नियमित बनाउन सके मात्र सम्पूर्ण अंग फेल भएका बिरामीलाई राहत मिल्न सक्ने निष्कर्ष कार्यक्रमले निकालेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत