कोरोना संक्रमितहरुलाई आयुर्वेदिक कीट वितरण
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ ।
कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी हुने भन्दै कार्यालयले निःशुल्क किट वितरण गरेको हो । कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कीट वितरण गरिएको कार्यालयका प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिनुभयो ।
उक्त कीट गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादी लगायतका जडीबुटीको मिश्रणबाट बनाइएको हो । उक्त औषधि सेवन गरेका बिरामीले कोरोना सहजे जित्न सफल भएको दावी डा. मण्डलको छ ।
जिल्लामा कोरोनाको सङ्ख्या बढ्दै गएका कारण अहिले स्वास्थ्य केन्द्रमा उपचारको लागि आउने बिरामीको स्वास्थ्य परीक्षण गर्ने कार्य रोकिएको छ । उनीहरुको समस्याका पहिचान गरी आयुर्वेदिक औषधि प्रदान गर्न थालिएको छ । कोरोना सङ्क्रमण बढेसँगै उपचारमा आउने बिरामीको सङ्ख्या करिब ५० प्रतिशत घटेको सो कार्यालयले छ ।
हेल्थपाटी
तपाईँको अभिमत