वायु प्रदुषण बढेको भन्दै ५ वटा कार्य नगर्न स्वास्थ्य मन्त्रालयको अपिल
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्याधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन सर्वसाधरणलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै उपत्यकामा वायु प्रदुषण निकै बढेकाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयले सर्वसाधरणका लागि निम्न अनुसारका कामहरु गर्न अपिल गरेको छ ।
१.मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनको लागि रोकौ ।
२.फोहोरहरुको उचित व्यवस्थापन गरौँ तर फोहोर जलाउने काम नगरौ /नगराऔ । कसैले फोहोर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ ।
३.घर बाहिर ननिस्कौँ । निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गरौँ र कोभिड–१९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गरौँ /गराऔँ ।
४.धुलो,धुँवा उड्ने खालका पेशा, व्यवसाय,निर्माण कार्यहरु केही दिनलाए स्थगन गरौ/गराऔँ । केही दिनपछि त्यस किसिमका पेशा,व्यवसाय,निर्माण कार्यहरु सुचारु गर्दा धूलो,धुँवा नउड्ने वा कम हुने व्यवसाय गरौँ/गराऔँ ।
५.अत्यावश्यक नभई सवारी साधनहरु नचलाऔ ।
तपाईँको अभिमत