आजदेखि काठमाडौं उपत्यकामा निशेधाज्ञा थप कडा
काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा निशेधाज्ञा थप कडा हुने भएको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्न लागेको हो ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । त्यसमा पनि एक चौथाइ कर्मचारी राख्नु पर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।
सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्चालन गर्न भनिएको छ ।
कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएका छन् ।
हिजो काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले काठमाडौँका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वनको अवस्था जानकारी लिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत