सार्वजनिक स्थलमा धूम्रपान गरे ५ सय जरिवाना तिर्नुपर्ने
अ +
अ -
काठमाडौंका सार्वजनिक स्थलमा अब धूम्रपान गरे प्रत्येक पटक ५ सय जरिवाना तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गर्दा जरिवाना लाग्ने भएको हो ।
हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।
महानगरभित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको महानगरले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत