बाढी, पहिरोमा परि घाइते र मृत्यु भएका व्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिने
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपतका कारण घाइते र मृत्यु भएका व्यक्तिहरूका परिवारका एकजना सदस्यलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ ।
आजको बसेको विपद व्यवस्थापनको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पेश गेरको उक्त प्रस्तावलाई समितिको बैठकले स्वीकृत गरेको स्वास्थ्य मन्त्रालय सचिवालयले जानकारी दिएको छ ।
प्रस्ताव स्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको निशुल्क बीमाको सेवासुविधा प्राप्त गर्नेछन् । बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै सम्भावित यस्तै प्रकारका विपदका घटनामा सरकारले आगामी दिनमा समेत निशुल्क बीमा गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार बैठकमा विपद व्यवस्थापनका लागि विभिन्न पहलहरू र भविष्यका योजनाबारे पनि छलफल भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत