२४ घन्टामा १२०४ लाई कोरोना संक्रमण, १४४७ जना डिस्चार्ज
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ८९७ जना पुगेको छ ।
जसमध्ये ४५ हजार २६७ उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप १ हजार ४४७ जना डिस्चार्ज भए । २४ घण्टामा १० हजार ३३३ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत