कोरोनाविरुद्धको चिनियाँ खोप दुई चरणको परीक्षणमा सुरक्षित
बेइजिङ । चीनमा कोरोनाविरुद्ध विकास भइरहेको खोपको पहिलो र दोस्रो चरणको परीक्षणमा खोप सुरक्षित रहेको पाइएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनअनुसार हेनान प्रान्तको शान्सीउमा गरिएको परीक्षणमा सहभागीमा कुनै गम्भीर किसिमको समस्या नआएको हो ।
बीबीआईबीपी–कोभ (BBIBP-CorV) खोपले कोरोना भाइरसविरुद्ध एन्टिबडी विकास गरी प्रतिरोधात्मक क्षमता विकास गरेको पाइएको हो । पहिलो चरणको परीक्षणमा १८ देखि ८० वर्षका स्वस्थ मानिसलाई सहभागी गराइएको थियो । सहभागीलाई १८ देखि ५९ र ६० देखि ८० वर्षको उमेर समूह बनाई परीक्षण गरिएको थियो । सहभागीलाई दुई डोज खोप दिइएको थियो ।
१८ देखि ५९ वर्ष उमेर समूहकामा २८ दिनभित्र एन्टिबडी विकसित भएको थियो । त्यस्तै ६० देखि ८० वर्ष उमेर समूहका सहभागीमा अलि ढिला एन्टिबडी विकास भएको पाइएको छ ।
सुरक्षित रहे पनि सहभागीमा सामान्य ज्वरो भने आएको पाइएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत