काठमाडौंका यी नगरमा १८ वर्षमाथिका सबैले जोनसनको खोप पाउने

तस्विर रासस
काठमाडौं जिल्लामा साउन ४ गतेदेखि कोरोना विरुद्धको जोनसनको खोप अभियान चलिरहेको छ । साउन ६ गतेसम्म १ लाख ४६ हजार ५२४ जनालाई यो खोप लगाउने लक्ष्यसहित काठमाडौं महानगरसहित अरु ११ वटा नगरपालिकामा ५५ वटा खोपकेन्द्र मार्फत अभियान चलाइएको थियो तर लक्ष्य गरिए अनुसार खोप लगाउनेको संख्या कम रहेपछि १८ वर्ष माथिका सबैजनालाई खोप दिने निर्णय भएको हो ।
जोनसन खोप कार्यक्रम सुरु भएको ३ दिनमा काठमाडौं जिल्लामा ६३ हजार ४९३ जनाले खोप लगाएका छन् । सुरुमा ५० देखि ५४ वर्ष उमेरका सबै, नेपालमा बस्दै आएका शरणार्थी, स्वास्थ्यकर्मी तथा अपांगता भएका, जोनसन खोप अनिवार्य गरिएका देशहरुमा जाने व्यक्तिलाई मात्रै जोनसन खोपको प्राथमिकतामा राखिएको थियो । तर खोप बचेपछि काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप दिने निर्णय गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काले आज काठमाडौं महानगरबाहेक अरु १० पालिकामा सञ्चालित पुरानै खोप केन्द्रबाट जोनसनको खोप दिइने जानकारी दिनुभयो । उहाँले आफुलाई पायक पर्ने ती केन्द्रहरुमा उमेर खुल्ने परिचयपत्र लिई खोप लगाउन जान सर्वसाधरणलाई आग्रह गर्नुभयो । उहाँले खोप केन्द्रहमा अनिवार्य मास्क लगाई दुरी कायम गरि पालैपालो खोप लगाउन पनि अनुरोध गर्नुभयो ।
जोनसनको खोप एकपटक लगाए पुग्छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई १५ लयख ३८ हजार खोप उपलव्ध गराएको थियो । जोनसन खोप अभियान देशका विभिन्न स्थानमा चलिरहेको छ ।
आज काठमाडौंका १० पालिकामा २७ वटा खोप केन्द्रहरुमा जोनसनको खोप लगाइदैंछ ।
तारकेश्वर नगरपालिका
-धर्मस्थली स्वास्थ्य चौकी
-मनमैजु स्वास्थ्य चौकी
-गोलढुंगा स्वास्थ्य चौकी
कीर्तिपुर नगरपालिका
-राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
-विष्णु देवी अस्पताल
गोकर्णेश्वर नगरपालिका
-नेपाल मेडिकल कलेज
-शंकरापुर अस्पताल
टोखा नगरपालिका
-ग्राण्डी अन्रताष्ट्रिय अस्पताल
-अल नेपाल अस्पताल
-प्राथमिक स्वास्थ्य केन्द्र
नागार्जुन नगरपालिका
-रामकोट प्राथमिक स्वास्थ्य केन्द्र
-इचंगुनारायण स्वास्थ्य चौकी
-स्युचाटार स्वास्थ्य चौकी
चन्दागिरि नगरपालिका
-प्राथमिक स्वास्थ्य अस्पताल
-शसस्त्र प्रहरी अस्पताल
-सतुंगल स्वास्थय चौकी
शंखरापुर नगरपालिका
-लप्सीफेदी स्वास्थ्य चौकी
-सँखु स्वास्थ्य चौकी
-इन्द्रेणी नगर अस्पताल
दक्षिणकाली नगरपालिका
-शेष नारायण स्वास्थ्य चौकी
-प्राथमिक स्वास्थ्य चौकी
-छैमले स्वास्थ्य चौकी
बुढानिलकण्ठ नगरपालिका
-बुढानिलकण्ठ स्वास्थ्य चौकी
-करुणा अस्पताल
कागेश्वरी नगरपालिका
-मुलपानी नगर अस्पताल
-बालपोट स्वास्थ्यचौकी
-गोठाटार स्वास्थ्यचौकी
हेल्थपाटी
तपाईँको अभिमत