नेपालमा कार्तिक २८ गतेबाट फाइजर खोप लगाइने,को छन् प्राथमिकतामा ?
अ +
अ -
१२ वर्षदेखि माथिका व्यक्तिहरुलाई लगाउन मिल्ने कोरोना विरुद्धको खोप फाइजर कार्तिक २८ गतेबाट लगाइने भएको छ । देशका ठुला तथा विशेषज्ञ सेवा भएका विभिन्न २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने तयारी भएको छ ।
परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले २८ गतेबाट फाइजर खोप दिने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार १२ वर्षमाथिका दीर्घ राेगका बिरामीहरुलाई यो खोप दिइनेछ ।
१ लाख डोज फाइजर खोप आउँदो सोमबार आउन लागेको उहाँले बताउनुभयो । ‘ठुला २४ वटा अस्पतालहरुबाट यो खोप दिइनेछ, उहाँले भन्नुभयो- ‘अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा राखेका छौं ।’
हेल्थपाटी
तपाईँको अभिमत